Usle Diyeko Umer (उसले दिएको उमेर)
Description
पछिल्लो बाहिरी पृष्ठबाट
आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्– जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।
एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।
यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937746670 |
| Publisher | BIBLIONEPAL |