ऐना [Aina]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
धर्तीको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटिन सक्छ । तर, आमाको कथा ? आमाको कथा कागजमा लेख्न सकिंदैन । आँसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ, आमाको कथा !
यी प्रेमका पुजारी नारीहरू युद्धको बीचमा पनि प्रेमका सुमधुर गीत गाउँदै थिए । मातृत्वका मृदुल आवाजहरू अलाप्दै थिए । धेरैजसो नारीहरूले सडकबाट उठाएर घाइते बालबालिकाहरूलाई आफ्ना छातीमा टांसे र आफ्नो जातिको सांघुरो घेरालाई तोडेर मानव जातिलाई प्रेम गरे र गरिरहे ।
मेरो धर्ती धर्मराउन थाल्यो फेरि एकपल्ट | आफ्नै आमाका लागि ग्राहक खोज्ने बहादुर छोरो मेरो देशमा भेटियो । आमाका लागि छोराले, छोरीका लागि बाबुले, जोईका लागि पोइले ग्राहक खोजेको र आमाले अबोध छोरीको लागि कुमारीत्व लुटाएको मैले पहिलोपल्ट यहीं देखें ।
ये धर्तीमी चिड्को पडिजाऊ गोसी, यै महाकालीमी आग लागिजाऊ, सरकार लै मरिजाऊ गोसी, भगमान्की लै अपुताली होइजाऊ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937910118 |
| Publisher | BIBLIONEPAL |