मेरा नौ दशक: पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री [Mero Nau Dashak]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
राणाशासनको अन्तिम प्रहरमा राणा दरबारमै शैशवकाल बिताएका उनी कलिलै उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा छिरे । राजा महेन्द्रको विश्वस्त पात्र भई पञ्चायतको जग हाल्न सघाए । मन्त्री, मन्त्रिपरिषद्को अध्यक्ष अनि प्रधानमन्त्री भई पञ्चायतलाई सङ्गठित बनाए । त्यही पञ्चायती व्यवस्थामा उनी जेल गए, कोपभाजनमा परे । उनैले बहुदल रोक्दै निर्दललाई जनमत सङ्ग्रहमार्फत पञ्चायती व्यवस्थालाई वैध तुल्याए ।
बहुदलपछि पूर्वपञ्चहरूलाई सङ्गठित गरी पुनः सरकार चलाए | राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पुनः प्रधानमन्त्री भए, माओवादीसँग वार्ताको प्रयत्न गरे; असफल भए । दोस्रो जनआन्दोलनपछि 'बहिष्कृत जस्तै बनाइएका उनी ज्येष्ठ सदस्यको हैसियतमा दोस्रो संविधान सभाको पहिलो बैठकको अध्यक्ष बने ।
पाँच व्यवस्था, पाँच राजा भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको साढे पाँच दशक लामो अविच्छिन्न राजनीतिक जीवन यात्राको दस्तावेज हो
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937753135 |
| Publisher | BIBLIONEPAL |