मृत्युको आयु [Mritu ko Aayu]
Description
लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ।
खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।
"मृत्युको जन्मबाट सुरु भएर मृत्युको निधनमा सकिएको यो उपन्यास ४ घन्टाको एकै बसाइमा पढेर सकें | लघुकथा शैलीको भाषा, हरेक च्याप्टरमा तिखो व्यंग्य, अरबको अस्पताल, मुर्दाघर, एयरपोर्टदेखि नेपालको एयरपोर्ट, आर्यघाट र गाउँको बर्णनले जो कोहीको आँखाबाट पनि आँशु निस्कन्छ | अन्तिम संस्कारको बोझ अनि गरिबीको सिमान्त स्थति पढ्दा उसले भने झैं – बरु बाँच्न सजिलो लाग्छ | अरब तथा अन्य देशका श्रमिकको प्रतिनिधि उपन्यासको रुपमा मृत्युको आयु पठनीय तथा संग्रहणीय छ | यति सुन्दर सिर्जनाका लागि बधाई छ डा. रबिन्द्र समीर"
-मनोज गजुरेल
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937665698 |
| Publisher | BIBLIONEPAL |