नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष [Nepalma Varnavyavastha ra Varga-Sangarsha] BIBLIONEPAL

नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष [Nepalma Varnavyavastha ra Varga-Sangarsha]

Rs.350.00

नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष [Nepalma Varnavyavastha ra Varga-Sangarsha]

9789937705240 Low stock
Rs.350.00
Description

भारतमा दलितबारे, दलित र अन्यको सम्बन्धको प्रकृतिबारे धेरै अघिदेखि धेरै लेखिएका छन् । तर यीमध्ये थोरैले मात्र दलितपना निर्माणबारे उच्च ऐतिहासिक सैद्धन्तिक तह पक्रन सकेका छन् । आहुतिको यो किताब भने वर्तमान नेपालका दलित, दलित र अन्यको सम्बन्धको प्रकृतिबारे हठात जस्तै सो उच्च तह प्राप्त गर्न सफल भएको छ ।... यो किताब कम्तीमा पनि मैथली र हिन्दी भाषामा अनुवाद हुनु जरुरी छ । दक्षिण एसियाका सेसम्म धेरै बौद्धिक र राजनीतिकर्मीले पढ्नु जरुरि छ । साथै, यसको सरलीकृत र छोटो अंश नेपालका स्कुल र कलेजका पाठ्यसामाग्रीभित्र समेटिनु छ । 

- चैतन्य मिश्र, प्राध्यापक- त्रिभुवन विश्वविध्यालय, समाजशास्त्र/मानवशास्त्र केन्द्रिय विभाग 

 

आहुति विगत दुइ दसकदेखि नेपालको राजनीतिक संघर्ष र दलित-मुक्ति आन्दोलनमा क्रियाशील छन्।  उनले नेपाल उत्पीडित दलित जातिय मुक्ति समाज, नेपाल राष्ट्रिय दलित मुक्ति संगठनको मुख्य नेतृत्वमा रहेर काम गरिसकेका छन्।  दलित आन्दोलन र समसामयिक राजनीतिबारे उनका दर्जनौ लेख-रचना प्रकाशित भैसकेका छन्।  उनको लेखनमा हिन्दु समाजमा दलित जातीय मुक्तिको प्रश्न, तपश्वीका गीतहरू, नयाँ  घर र स्खलन प्रकाशित छन्।  उनि दलित सम्बन्धि चर्चित टेलि शृंखला दलनका लेखक पनि हुन् ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937705240
Publisher BIBLIONEPAL
नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष [Nepalma Varnavyavastha ra Varga-Sangarsha] BIBLIONEPAL

You Might Also Like