जिउनुको मज्जा [Jiunuko Majja] BIBLIONEPAL

जिउनुको मज्जा [Jiunuko Majja]

Rs.599.00

जिउनुको मज्जा [Jiunuko Majja]

9789937753074 Low stock
Rs.599.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

संसारभरका ४२ भाषामा अनुवाद भैसकेको 'न्युयोर्क टाइम्स् बेस्ट सेलर' JOY OF LIVING को नेपाली अनुवाद ।


आफूलाई वैज्ञानिक ठान्ने धेरै मान्छेहरू उमेर छिप्पिइसकेपछि मात्रै सुख र सत्यको खोजीमा आध्यात्मिक बाटोतर्फ आकर्षित हुन्छन् । तीमध्ये सम्भवतः थोरैले मात्र प्रज्ञा प्राप्त गर्न सकेका होलान्, धेरैले त केही नबुझीकनै यो लोक छाडे होलान् । अध्यात्मका यात्रीमध्ये त झन् बिरलै मात्र विज्ञानतिर फर्केर उत्तर खोज्न हिंडेका देखिन्छन् । योङ्गे मिङ्ग्युर रिम्पोछे त्यस्ता बिरलाकोटीका आध्यात्मिक गुरू हुन्, जसले सानै उमेरमा त्यस्तो पाइला चाले र ज्ञानको अद्भुत मार्ग फेला पारे । त्यही ज्ञानको अद्भुत मार्गमा डोऱ्याउने ज्ञान-मन्त्र हो यो पुस्तक |

यस पुस्तकका अनुवादक गुरू डा. सरोज धितालले मलाई विज्ञान त कहिल्यै पढाएनन् तर विज्ञानको सही अर्थ र यसले बिरामीको जीवन, परिवार र पूरै समाजमा पार्न सक्ने असरबारे सोच्न बाध्य तुल्याए । त्यो नै मेरो वर्तमान उपचार विधिको कला हुन पुगेको छ । पढ्दा यो अनुवाद हैन, मौलिक कृतिजस्तै लाग्छ । विषय गहिरो भएकाले हरेक पंक्तिपछि घोरिन र सोच्न बाध्य भइन्छ । शायद रिम्पोछेको उद्देश्य पनि त्यही हो ।

-डा. वसन्त पन्त

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937753074
Publisher BIBLIONEPAL
जिउनुको मज्जा [Jiunuko Majja] BIBLIONEPAL

You Might Also Like