-
- धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
- मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
- छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
- आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
-
- मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
- मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
- यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
- छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि
-
- मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
- बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
- लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
- आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer