कुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिन पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो।
सीपीयूलाई भने सन्डे-मन्डे बराबर। समर-विन्टर पनि बराबर। जाँच आए के, रिजल्ट आए के। बिदा आए के, स्कूल खुले के। शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो। ऊ सकेसम्म साथी, शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै कँदैनथ्यो। एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer