उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal] BIBLIONEPAL

उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal]

Rs.455.00
Sale price  Rs.455.00 Regular price 

उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal]

Out of stock
Rs.455.00
Sale price  Rs.455.00 Regular price 

Get 15% off your first order. Use code: FIRST15

You will earn 910 points with this purchase.

Description

यस पुस्तकमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।पुस्तकको पहिलो लेखकका रुपमा ‘जंगबहादुरका उज्याला पाटा’ शीर्षकमा राणा शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ। दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ।

५८ वटा विषय समावेश गरिएको पुस्तकले ऐतिहासिक महत्व बोकेको छ। लेखकले ‘जंगबहादुरको समयमा भएका घटनाहरू’, ‘कुमारी चोकको त्राहिमाम’, ‘पुरानो समयमा हुने विवाह प्रचलन’, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा’, ‘महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण’ र ‘हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान’ लगायतका विषयवस्तुलाई पुस्तकमा समेटेका छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

सत्ता र शासकको वरपर सीमित हुने औपचारिक इतिहास पढेका हामीलाई आफ्नै घर-समाजवरपरका परिवेशदेखि सत्ता राजनीतिका छिंडी/बुइँगलमा भए/गरेका परिघटनालाई सरल र सरस रूपमा वर्णन गरिएको पुस्तक हो, उहिलेको नेपाल ।यो पुस्तक भैरव रिसालको सात दशकभन्दा बढी सक्रिय पत्रकारिताको ऐना त हो नै, सँगै त्यसभन्दा धेरै अघि भए गरेका मुलुकी विकासक्रम माथिको पनि विवेचनात्मक परिभ्रमण हो ।व्यक्तिदेखि प्रवृत्तिसम्मका कथाहरू अटाएको यो पुस्तकमार्फत ज्यादातर उहाँले आफ्नो पत्रकारिता कर्मको उर्वरावस्था, पञ्चायतकालका पर्दा पछाडिका थुप्रै खेल र मनोवृत्तिलाई प्रस्तुत गर्नुभएको छ । उन्मुक्त हाँसोमा पुयाउने सन्दर्भ हुन् वा घोत्लिन बाध्य विषयवस्तु, हरेकले पाठकको ज्ञानको दायरा फराकिलो बनाइदिनेछ । 

Pickup & Delivery
Inside Valley
Outside Valley
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937934299
Genres:
उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.