अवकाशप्राप्त सिपाही किन पागलपनको हदसम्म समाजसेवामा निर्लिप्त छ ? हजुरवा र नातिको सम्बन्ध किन ढिला गरी स्थापीत हुँदै छ । तोते बोल्ने बालिकाको आँखामा आफ्नो बुबाको कस्तो छवि बनिरहेको छ ? शहरमा नाक अति थेप्चिएका बच्चाहरु किन जन्मिरहेका छन् ? निजामती कर्मचारीलाई एक्कासि केको दुर्गन्धले सताएको होला ? विकास र समृद्धिको नाममा गाउँमा के आइरहेको छ ? के तालबीच बन्दी बनाइएका स्रष्टाहरुले अभियोगबाट मुक्ती पाउलान् ? 'पाठशाला'का 'डब्बु'लाई त्यही अन्दाजमा पोखरातिर डुलिरहेको भेटिएला त ?
यिनै प्रश्नहरुको जवाफ हो, आपा क्हार्प ।
आपा क्हार्प गुरुङ मिथकीय प्रमुख पात्र हुन, जसका नौ जाना छोराहरु आफ्नै बालाई सिध्याउन उध्दत छन् ।
आप्ना कथाहरुमा इमान्दार, निर्मम र साहसी बनेर आएका तिर्थ गुरुङको यसअघि 'पाठशाला' उपन्यास प्रकाशित छ ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer