'आज रमिता छ' नेपाली साहित्यमा सार्वाधिक पढिने कृति मध्ये एक हो ।
इन्द्रबहादुर राईले यस उपन्यासमा मूलतः भारतको दार्जिलिङ वरपरको भूगोल र त्यहाँको नेपाली भाषी समाजको जीवन, संस्कृति र मनोदशालाई उतारेका छन् ।
यस उपन्यासको मुख्य पात्र- जनकको उत्साह, सफलता र पतनको कथाभित्र उसको परिवार, बाबुनीको दुःख , यमुनाको ढर्रा अनि भूदेवसँगको राजनीतिक अन्तरद्वनद्वका साथै एम.के. को आत्महत्या र नामग्यालको निरीहताहरु उपन्यासमा चित्रित छन् ।
पूर्वमा बोलिने भाषा, लवज र शब्दप्रयोगले उपन्यासलाई अझ मिठासपूर्ण बनाएको छ ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer