काठमाडौंको बौद्धमा जन्मेहुर्केकी उनको बाल्यकाल कष्टप्रद थियो । बाबुको यातनाबाट मुक्ति पाउन उनी गुम्बा पसिन् र आनी छोइङ बनिन् । गल्ती गर्नेहरू आवेगका रोगी हुँदा रहेछन् भन्ने बुझ्न थालिन् । करूणा, क्षमाशीलता र धैर्यको पाठ सिकिन् । बुद्ध मन्त्र गाउँदै जाँदा आज उनी विश्वमाझ शान्ति र सुन्दर कामनाको सुमधुर नेपाली आवाज बन्न पुगेकी छन् ।
यी असाधारण नेपाली चेलीको यो आत्मकथा फ्रान्सेली भाषामा पहिलो पल्ट प्रकाशन भएको थियो । आनीको हृदयस्पर्शी कथा अनुवाद हुने नेपाली बाहौं भाषा हो ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer