बबरजङ सिकुवामा उल्ट्याएर राखेको हाँडी जस्तो छ, त्याहाँभित्र खानेकुरा छ कि भनेर चियाउली जस्ती सुधा छ । मेरो कुराको चुबुर्को राख्ने पात्र पनि भएन । म यस धरतीमा कहिल्यै पैदा पनि भएको थिएँ भन्ने कुराको द्योतक वस्तु के छ ? मानौं विक्रमको कनमा कसैले साउती मारेको होस्, "तिम्रो अस्तित्व अनुमान लगाउने हेतु ! पुत्र छँदैछ नी !", यो सुनेर उनी आफ्नो खिल्ली आफैँ उडाए झैं हाँसिदिन्थे । हो त नी, कसैको अस्तित्व धानिदिने अभिप्रायका लागि त सन्तती हो नी, सबैको इतिहा त कहाँ हुन्छ र ! जसले अतिमानविय या अमानविय काम गर्न सक्तैन त्यो त मानवमात्र भयो, मानवको इतिहस त कहाँ लेखिन्छ र !
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer