आँसुको मसिनो धर्सोजस्तो बाटो
गाँसिएको छ- यि फराकिला सडकहरुमा,
मैले बास बसेका
खरले छाएका झोपडीहरुले धकेल्दै
ल्याइपुर्याएका छन्- यि चन्द्रमा छुने अग्ला भवनहरुमा,
यो सहरका बिराना चोकहरुमा,
यो सहरमा अपरिचत मोडहरुमा,
म अल्मलिए ।
यि हतारहतार
कहिले शहरको वल्लोछेऊ
कहिले शहरको पल्लोछेऊ
कुदिरहने मानिसहरुले कहिल्यै बोलाएनन्- मेरो नाम
कहिल्यै देखाएनन्- म जाने बाटो ।
जसरी शिशिरमा सारा पातहरु झरेर
रुखहरु खिङरिङ्ग पर्छन्,
त्यसरी नै खिङरिङ्ग पर्दा रहेछन्,
सपना हराएका मानिसहरु,
म खोजिरहेछु,
म प्रतिक्षा गरिरहेछु
त्यो बसन्तको
जसले सिउरिदिनेछ, खिङरिङ्ग परेको मेरा शरिरमा
सपनाका नयाँ पातहरु,
यो सहरको कोलाहल,
यो शहरका अनेक भाषाहरु बिचबाट
एकदिन अचानक बोलाउने छ,
मेरो सपनाले
मेरो नाम,
र, म बौरिनेछु-- मेरो बहोसीबाट ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer