संसारलाई साढे पाँच फन्को [Sansarlai Sadhe Panch Phanko]
संसारलाई साढे पाँच फन्को [Sansarlai Sadhe Panch Phanko]
BIBLIONEPAL
Low stock
Pickup available at BIBLIONEPAL
Usually ready in 2 hours
दुई लाख एक्काईस हजार किलोमिटर
तीनवटा साइकल
दुई सय सत्तरीवटा टायर
एक सय पन्चानब्बेवटा ट्युब
सत्र सय असीपटक टायर पन्चट
एक सय चालीसवटा चेन
छब्बीस जोडी प्याडल
चौधवटा हेल्मेट
त्रिपन्न जोडी पन्जा
एक सय चौध जोर साइक्लिङ ड्रेस
एकासीवटा चश्मा र,
असंख्य जुत्ता, मोजा, घडी, क्याप ...
संसारमा म जहाँ जहाँ पुगेँ, त्यहीँका मान्छेले दिए, प्रयोग गरेर फटाएँ । केही मेरो पसिना र धेरै हरेक दिन भेटिएका असल मान्छेहरुको असल सहयोगले मैले एक करोड सत्तरी लाख रूपैयाँ आफ्नै हातले गनेर/छामेर सिध्याएँ । जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !"
आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीँ पनि फरक थिएन ।
ताराहरुको रङ्ग फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन ।
न त भगवान् बुद्धको अर्कै जून उदायो !
न त अल्लाहको अर्कै सूर्य उदायो !
न त जिससको अर्कै आकाश देखियो !
न त करोडौँ भगवान् भएका हिन्दूहरुको छुट्टै संसार भेटियो !
संसारमा म जहाँ जहाँ पुगेँ, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखेँ ।
हरेक आस्थाका मान्छेहरु एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौँ भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखेँ ।
हरेक आस्था, विचार, रङ्गका मान्छेहरुले उही ताप र उही उज्यालो उही समयमा पाउँछन् ।
प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ ।
संसार एउटा घर हो !
हामी त्यसका परिवार हौँ !
विश्वमा शान्ति फैलिरहोस् !
Descriptions are sourced from publishers or third parties and are not independently verified.
See our disclaimer
Disclaimer
Book descriptions and information on our website are sourced from third parties. While we aim for accuracy, we do not verify these details.
For corrections, contact us at contact@biblionepal.com.
Inside Kathmandu Valley: Orders are usually delivered within 1–2 days (up to 3 days on weekends).
Outside Valley: Delivery takes approximately 3–5 days.
Payment Options: We accept all major payments via FonePay, ConnectIPS, eSewa, Khalti, and international payments via remittance.