दुःखीले खानु सुत्नु आनन्दीका गुण्टा
महाजन्का सम्पत्तिले चित्त पोल्दै ल्याउँछ
मन्मा सन्तोष् नहुनाले गुण्टा बिझाउँछ ।
धर्म सम्झी विचार गरी इन्साफ् गरेन
पैसा भए बरेहालाई दण्ड परेन ।
त्राही त्राही पर्यो प्रभू झुट्टा कर्मैले
सारा लोकमा छाड्यो प्रभू साँच्चा धर्मैले ।
बेला बखत् भने सब्को अयो होला बित्तै
सम्पत्ति ता याँहि बस्छ जानु पर्छ रित्तै
सबै चिज पग्लने हो सबै याहीँ बिल्छ
ठूला भाग्य सत् सङ्गत्ले आनन्दि पद् मिल्छ ।
चटक् जस्ता सन्सारमा स्वप्ना जस्ता खेल्छ
प्राणीहरुका हृदयमा तृष्णाको झेल् छ ।
– योगवाणी
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer