सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो... ।
हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फूल्याको कमल जस्तो मकन ठानिसेला | टिप्न नसकिए पनि पोखरीको बिचमा फूल्याको फूल मेरो हो भनिसेला ... ।
म आफू बलिवेदीमा चढ्न तयार भैदिएँ । युवराजसँग त्यसबारेमा कुरा गर्ने शक्ति सामर्थ्य मसँग छैन । मेरा निमित्त युवाराजसँग विछोड हुनभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडालन्या प्रस्ताव गर्न सक्तिन । सामर्थ्यभन्दा ठूलो जिम्मेवारी मकन नदिस्योस् । दुई प्रेमीहरु सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन् । छुट्टिन्या सल्लाह गर्न सक्तैनन् । राजकुमारीले आँसु चुहाउँदै दुई हात जोडेर प्रार्थना गरिन् ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer