माधवी मदनमणि दीक्षितद्वारा लिखित नेपाली भाषाको पौराणिक उपन्यास हो। साझा प्रकाशनले १३ अप्रिल १९८३ मा यो पुस्तक प्रकाशित गरेको थियो । यस पुस्तकले २०३९ सालको मदन पुरस्कार जितेको थियो ।
नेपालमा पञ्चायत शासनकालमा लेखक र पत्रकारका लागि सेन्सरसिपको ठूलो समस्या थियो, यो उपन्यास दिक्षितले त्यसै बेला लेखेका हुन् । दीक्षित पेशाले पत्रकार र फोटो-पत्रकार थिए । उनको ‘समीक्षा’ नामको पत्रिका त्यसबखत सरकारले बन्द गरेको थियो । सेन्सरसिपबाट निराश भई सन् १९७७ डिसेम्बर १६ (पुस १, २०३४) मा उनले नारायणहिटी दरबारबाहिर आत्मदाह गर्ने निधो गरे । तर आत्महत्या गर्ने दिनमै उनले आफ्नो मन परिवर्तन गरे । त्यही दिन बाट उनले माधवी र गालवको कथा लेख्न थाले । उनले १९ डिसेम्बर (पुस, २०३९) मा पाण्डुलिपि पूरा गरे र पुस्तक साझा प्रकाशन द्वारा अप्रिल १३, १९८३ (चैत्र ३०, २०३९ मा प्रकाशित भयो।
‘माधवी’ महाभारतको माधवी र गालवको कथाको पुन: वर्णन हो। भव्य परिवेशमा लेखिएको यो शक्तिशाली उपन्यासले तीन हजार वर्षअघिका पाँच राज्य र उत्तर भारतीय समाजका १९ वटा विभाजनको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई चित्रण गरेको छ। यस उपन्यासको मुख्य उद्देश्य पूर्वीय समाजबाट कसरी दासत्वको अन्त्य भयो भनेर देखाउनु हो।
‘माधवी’ महाभारतको उद्योग पर्वमा आधारित छ। जब गालव आफ्ना गुरु, विश्वामित्रलाई गुरु-दक्षिणा दिन अडिग रहन्छन् तब विश्वामित्रले चार श्यामकर्ण घोणाहरुको माग राख्छन् । समाजबाट दास प्रथा उन्मूलनका लागि महायज्ञको आयोजना गर्न यी घोडाहरूको आवश्यकता हुन्छ ।
गालव ति घोणाहरुको माग राख्न राजा ययातिको दरबारमा पुग्छन् । तर गालवका लागि ती घोडाहरू प्राप्त गर्न ययति असमर्थ हुन्छन् र साटोमा गालवलाई आफ्नि छोरी माधवी सुम्पिनछन् । माधविलाई सदैव कौमर्य रहने वर्दान प्राप्त हुन्छ ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer