आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ‘जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।
जियरा’ भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै ‘आत्मा’ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुराइएको हो ।
जियरामा महिला पात्रको प्रधानता छ । मधेशका महिलामाथि भएको चरम हिंसा र हजारौं वर्षको उत्पीडनको कथा छ । जिउँदै जलाइएका, एसिड खन्याएर मारिएका, दाइजोको निहुँमा हत्या गरिएका हजारौं महिलाको कारुणिक जीवन कथामा उतारिएको छ
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer