सकस [Sakas] BIBLIONEPAL

सकस [Sakas]

Rs.375.00

सकस [Sakas]

在庫切れ
Rs.375.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 750 points with this purchase.

Description

व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला जिल्लाको, क्षेत्र-क्षेत्र मात्रको पनि होइन, यो देशैभरिको सर्वाङ्गीण  सकस हो । विना अपराध निर्वासित, विस्थापित जनताबीच आइपरेको सकस हो । अनगिन्ती निर्दोष निहत्था जनता बिनसित्ति मारिदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो । 
सकसैसकसको यस आख्यानले पाठकको मनलाई नछोई छाड्दैन । विशेषतः यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा, घृणा पैदा गर्छ र कारूण्यले भित्री मन पगाल्छ ।
-ज्ञानमणि नेपाल, वरिष्ठ इतिहासकार


लिलामदेखि साबिती हुँदै सकससम्मको सजनयात्रामा उपन्यासकार जगदीश घिमिरेको एकमात्र प्रतिबद्धता हो- सामाजिक न्यायको शङ्खघोष । यो प्रतिबद्धता सकसमा अझ बढी मुखर, सघन, परिष्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ। सकसमा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन् । सकस नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।
- नारायण ढकाल, आख्यानकार

सकस एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि । 
यसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्डको क्यानभासमा लेखिएको अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली। छ। 
सकस नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई। नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छ ।। 
-नयनराज पाण्डे, आख्यानकार

Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937252898
Genres:
सकस [Sakas] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.