{"product_id":"rashtra-pararashtra-राष्ट्र-परराष्ट्र-एकतन्त्रदेखि-गणतन्त्रसम्म","title":"(Rashtra Pararashtra) राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म","description":"\u003ch2 class=\"text-2xl py-2 mt-5\" data-mce-fragment=\"1\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\n\u003cdiv data-mce-fragment=\"1\"\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eअमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि ; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eअस्थिर परिवर्तनहरूबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाए । यस पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरूको 'भित्रिया वृत्तान्त' पनि हो ।\u003c\/p\u003e\n\n\n\u003c\/div\u003e","brand":"FinePrint","offers":[{"title":"Default Title","offer_id":44324909777149,"sku":"","price":775.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/rastra-pararastra-f.jpg?v=1701842330","url":"https:\/\/biblionepal.com\/de\/products\/rashtra-pararashtra-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%97%e0%a4%a3%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}