{"product_id":"तुषानल-नेपाली-राजनीतिकको-अन्तर्य-tushanal-nepali-rajnitikko-antarya","title":"तुषानल: नेपाली राजनीतिकको अन्तर्य [Tushanal: Nepali Rajnitikko Antarya]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eतीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय देवप्रकाश त्रिपाठीको तेस्रो कृति हो- 'तुषानल' । नेपाली राजनीतिको गर्भमा भएका रोचक तथा संवेदनशील घटनाहरू यस पुस्तकमा समेटिएको छ । यसअघि उहाँका जगत् र पर्यावरणमा आधारित काल्पनिक उपन्यास 'प्रलय प्रारम्भ' र ऐतिहासिक Ja आधारित 'महानिशा' प्रकाशित छन् । चौध सयभन्दा बढी फुटकर लेख-रचनाहरू प्रकाशित गरिसक्नुभएका त्रिपाठीको लेखनमा दार्शनिक भाव र राजनीतिका सूक्ष्म केनाहरूको विवेचनात्मक विशिष्टता पाइन्छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eवि.सं. २०२१ म धादिङमा जन्मनुभएका त्रिपाठी विद्यालय जीवनमै राजनीतितर्फ आकर्षित हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा उहाँले पटक-पटक हिरासत र जेल यातना पनि भोग्नुपरेको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र चित्रकलामा पनि स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धक, रेडियो नेपाल सञ्चालक समिति सदस्य, रेडियो नेपालद्वारा प्रसारित त्यस समयको बहुचर्चित कार्यक्रम 'घटना र विचार'को सञ्चालक र निजी क्षेत्रबाट सञ्चालित पहिलो टेलिभिजन च्यानल नेपालको निर्देशक भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । २०५१ सालमा दर्ता गरिएको 'घटना र विचार' साप्ताहिकको संस्थापक प्रधानसम्पादक तथा घटना र विचार डटकम (अनलाइन न्युज पोर्टल)को पनि सम्पादकका रूपमा उहाँ कार्यरत हुनुहुन्छ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eनेपाल सरकारबाट प्रदान गरिने वरिष्ठ पत्रकार पुरस्कारबाट सम्मानित त्रिपाठी राष्ट्रिय आमसञ्चार नीति २०७३ को मस्यौदाका लागि गठित उच्चस्तरीय कार्यदलमा सदस्य समेत हुनुहुन्थ्यो । उहाँले मुलुकी संहिता (कानून) संशोधन गर्न गठित सुझाव कार्यदल (२०७५) को संयोजक रहेर पनि Ja गर्नुभएको छ।\u003c\/p\u003e","brand":"Kitab Ghar","offers":[{"title":"Default Title","offer_id":43617760510205,"sku":"","price":595.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Tushanal-Front-Cover-thumbnail-280x405-1.png?v=1669715581","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%a4%e0%a5%81%e0%a4%b7%e0%a4%be%e0%a4%a8%e0%a4%b2-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%af-tushanal-nepali-rajnitikko-antarya","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}