{"product_id":"गुलाबी-उमेर-gulabi-umer","title":"गुलाबी उमेर [Gulabi Umer]","description":"\u003cp data-mce-fragment=\"1\"\u003e„आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । Ja उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । Ja गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास \"\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eअमर न्यौपानेको चौथो उपन्यासको रुपमा रहेको गुलाबी उमेर पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यश पुस्तक मार्फत उनले दिन खोजेको मुख्य संदेश भनेको १३-१९ वर्ष उमेर समुहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो ।\u003c\/p\u003e\n\n\u003cp data-mce-fragment=\"1\"\u003e न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।\u003c\/p\u003e","brand":"Book Art Nepal","offers":[{"title":"Default Title","offer_id":43500322291965,"sku":null,"price":648.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/gulabi-umer-f.jpg?v=1700564971","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%ac%e0%a5%80-%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%b0-gulabi-umer","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}